कांग्रेसको अवस्था ‘तार चुँडिएको टेलिफोन’जस्तो : केसी

news

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज १५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको अवस्था ‘तार चुँडिएको टेलिफोन’जस्तो भएको टिप्पणी गरेका छन् ।

कास्कीको कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले केन्द्रबाट नेता र स्थानीय तहबाट कार्यकर्ता बोलीमात्र रहने स्थितिको अन्त्य अहिलेको आवश्यकता रहेको बताए ।

उनले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नसक्नु कायरतावादी प्रवृत्ति भएको र त्यस्तो कायर कहिल्यै पनि नेता बन्न नसक्ने ठोकुवा गरे ।

नेता केसीले हुकुमीपाराले कांग्रेस अगाडि बढ्न नसक्ने भन्दै नेतृत्वले सच्चाएर पार्टीलाई हाँक्न नसके कांग्रेसको अवस्था प्रजापरिषदकोजस्तै बन्ने चेतावनीसमेत दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...