संघीयता कार्यान्वयनमा कांग्रेसको साथ रहन्छ : सिंह

news

काठमाडौं, असोज १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई कांग्रेसको सधैं साथ र सहयोग रहने स्पस्ट पारेका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१० ले मंगलबार बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उनले भने–‘मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न कांग्रेसको सधैं साथ रहन्छ ।’

उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

‘निर्वाचनको समयमा स्थीर, सुशासन र समृद्धिको नारा दिएको तर अहिले सरकारले निर्वाचनको प्रतिबद्धताअनुरुप काम गर्न सकेको छैन’–उनले भने ।

उनले जनताले आशा गरेअनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन सकेन भन्दै ‘बरु, मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका छन्’–भने ।

नेता सिंहले कांग्रेसलाई प्रभावकारी ढंकले अगाडि लैजान आफूहरु लागिरहेको स्पस्ट पारे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया