कम्युनिष्टहरुमा पलाएको दम्भले मुलुक दुर्घट्नाको संघारमाः डा. कोईराला

news

काठमाडौं । नेपाली कॉग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् ।

कोईरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए ।

डा. कोईरालाले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउँदै सेनामाथी राजनीति नगर्न सरकारलाई चेतावनी दिए । उनले यो सरकार भ्रष्टाचारको अखडा बनेको पनि बताए ।

गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई संबोधन गर्नुहुदै डा. कोईरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बताए ।

संगठनका बारेमा कुरा गर्नुहुँदै डा कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका भएपनी त्यस्ता ब्यक्तिलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।

कार्यक्रममा सांसद भिमसेनदास प्रधान, पूर्व सांसदहरु डा.शोभाकर पराजुली, डा रामचन्द्र अधिकारी, रामबहादुर गुरुङलगायतले मन्तब्य राखेका थिए ।

‘गण्डक–टोखा समाज’ गण्डकी अंचलबाट काठमाडौको टोखामा आएर बसोबास गर्ने र प्रजातन्त्रमा आस्था राख्ने ब्यक्तिहरुको संस्था हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...