दरबन्दीको व्यवस्था नहुँदा दन्त स्वास्थ्य प्राविधिकहरु कामविहीन

news

काठमाडौं । सरकारी स्वास्थ्य सेवामा दन्त सहायक, दन्त प्राविधिक र हाइजेनिस्टको दरवन्दी व्यवस्था नहुँदा उत्पादित जनशक्ति खेर गईरहेको छ ।

सिटिईभिटी अन्तर्गतको तीन बर्षे डिप्लोमा पढेर आएका दन्त हाइजेनिस्टहरुलाई सरकारले वेवास्ता गरेको उनीहरुको गुनासो छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानो ठिमी भक्तपुर अन्तर्गत तीन बर्षे सर्टिफिकेट इन डेन्टल साइन्स पढेका १ हजार दन्त हाइजेनिस्ट, टि एसएलसी अन्र्तगतको डेन्टल सहायक पढेका ५ सय २० जना र ८० जना दन्त प्राविधिकले स्वास्थ्य व्यवसायी परिषद्बाट लाईसेन्स लिए पनि काम पाउन सकेका छैनन ।

सरकारी अस्पतालहरुमा दन्त चिकित्सक सँगै दन्त हाइजेनिस्ट समेत राख्नु पर्ने नियम रहेको छ ।

तर सरकारले कुनै पनि अस्पतालमा उक्त दरबन्दीको व्यवस्था नगर्दा बर्षेनी उत्पादित जनशक्ति कामविहिन बनेको हो ।

हाल सिटिईभिटीले तीन बर्षे सर्टिफिकेट इन डेन्टल हाइजेनिस्ट मात्र पठन पाठन गराई रहेको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा.सुशिल प्याकुरेल दातको साधारण उपचार गराउन सक्ने जनशक्तिलाई दुर दराजका स्वास्थ्य चौकीमा पठाउने हो भने पनि ग्रामिण क्षेत्रमा मुखको स्वास्थ्य सेवा दिन सकिने बताउँछन् ।

उता सरकारी चिकित्सकहरु भने दन्त साहायक , दन्तप्राविधिक र हाइजेनिस्टहरु डेन्टल चिकित्सक नभएको र उनीहरु आफनो सहयोगी मात्रै भएकाले दुर दराजमा सेवा दिन नसक्ने दाबी गर्दछन् ।

नेपालमा मुखको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या बढ्दो क्रममा छ ।

मुख स्वास्थ्य कसरी गर्ने भनेर साधारण जनचेतना समेत नपाएको हाम्रो समाजमा दन्त हाईजेनिक नै पढेकालाई सरकारले उपयोग गर्न सके उत्पादिन जनशक्ति र सर्वसाधारणको हीत हुनेमा शंका छैन । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया