चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

news

काठमाडौं, असोज २३ । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको रुख काट्नेक्रममा मंगलबार बिहान निधन भएको छ ।

बोगटीको घर टीकाथलीनजिकै रुख काट्नेक्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो ।

गम्भीर घाइते भएका बोगटीको बी एन्ड बी अस्पतालमा उपचारकाक्रममा निधन भएको चलचित्र कलाकार संघका महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् ।

बोगटी दुई वर्षअघि चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया