सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद विस्तार

news

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज २३ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिमन्डल विस्तार गरिएको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारमा कन्चनपुरका प्रकाश रावललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

कन्चनपुर क्षेत्र नम्बर–३ ‘क’बाट विजयी प्रदेशसभा सदस्य रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित उनी हाल नेकपाका प्रदेशसभा सदस्य हुन् ।

रावललाई मंगलबारै मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहण गराएका छन् ।

शपथग्रहण कार्यक्रममा सुदूरपश्चिम सरकारका मन्त्री र सचिवहरुको उपस्थिति रहेको थियो ।

यससँगै अब सुदूरपश्चिम प्रदेश सरकार ८ सदस्यीय भएको छ । रावल राज्यमन्त्री नियुक्त मन्त्रालयमा बैतडीकी मायादेवी भट्ट मन्त्री छिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया