आर्थिक अभावले पुनःनिर्माणमा ढिलाइ : ज्ञवाली

news

काठमाडौं, असोज २३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आर्थिक समस्याका कारण पुनःनिर्माणको काममा ढिलाइ भएको बताएका छन् ।

फ्रिडम फोरमले मंगलबार काठमाडौंमा गरेको ‘सन्चारकर्मी र पुनःनिर्माण प्राधिकरण’ विषयक छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दातृनिकायले गरेको प्रतिबद्धताअनुसारको सहयोग प्राप्त नहुँदा पुनःनिर्माणमा समस्या भएको बताए ।

उनले धरहरा र रानीपोखरीको पुनःनिर्माण पनि चाँडै हुने जानकारी दिए ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको भन्दै उनले दसैंपछि पुनःनिर्माणको कामले गति लिने स्पस्ट पारे ।

उनले पुनःनिर्माणको क्षेत्रमा सहयोग गर्न सन्चारकर्मीसँग आग्रह गरे ।

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले पुनःनिर्माणको काममा ढिलाइ भएको भन्दै प्राधिकरण र सन्चारकर्मीबीचको सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा सातओटै प्रदेशका सन्चारकर्मी सहभागी थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...