चाडबाडको मुखमा विदेशिनेको पीडा (भिडियो)

news

गृष्मा राजभण्डारी/मीरा बस्नेत/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, असोज २३ । यतिबेला वैदेशिक रोजगारीमा गएर दसैं मनाउन स्वदेश फर्कनेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुइँचो लागेको छ ।

घर फर्कनेहरुको अनुहार त उज्यालो नै देखिन्छ । तर, चाडबाडको बेला रोजीरोटीका लागि विदेशिन बाध्य भने निराश देखिन्छन् ।

चाडबाडको मुखमा विदेशिनेको पीडा त छँदैछ, उनीहरुलाई बिदाइ गर्न आएका आफन्त पनि त्यति नै दुःखी देखिन्छन् ।

वैदेशिक रोजगारी धेरैजसो नेपालीको रोजीरोटी बनेको छ । आफ्नै देशमा रोजगारी नपाएपछि गुजारा चलाउनकै लागि विदेशिनुको विकल्प छैन ।

चाडबाडको समयमा आफ्नो घर–परिवारबाट टाढिएर बस्ने रहर कसलाई पो हुन्छ ? तर, बाध्यताको अगाडि कसको के नै लाग्छ  ?

धेरैजसो नेपालीहरु रहरलेभन्दा पनि करले विदेशिएका छन् । घर–परिवार छाडेर जानेहरु निराश नै छन् । तर, स्वदेश फर्कनेहरुको मुहारमा भने थोरै भएपनि खुसी देखिएको छ ।

केही क्षणलाई भएपनि दुःख, पीडा बिर्सेर परिवारसँग चाडबाड मनाउन आउँदाको क्षण आँखामा प्रशस्तै झल्कन्छ ।

वैदेशिक रोजगारीमा दुःखमात्र पनि छैन । हातमा सीप बोकेर जाँदा आकर्षक कमाइ गर्नेहरु खुसी नै देखिन्छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया