विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

news

काठमाडौं, असोज २३ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सन्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सन्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगन्ज क्षेत्रीय कार्यालयअन्तर्गत्का वितरण केन्द्रका प्रमुखसँग नेपालगन्जमा कार्यसम्पादन सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंह तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले १६ वितरण केन्द्र प्रमुखसँग सम्झौता गरेको जनाइएको छ ।

नेपालगन्ज र क्षेत्रीय कार्यालयअन्तर्गत् असारसम्मको चुहावट १६.६५ प्रतिशत छ । चालू आर्थिक वर्षको दुई महिनामा चुहावट ११.९८ प्रतिशत छ ।

चालू वर्षमा विद्युत चुहावटलाई घटाएर औसतमा ११.६५ प्रतिशत कायम गर्ने लक्ष्य निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया