गौरीफन्टा नाकाको निरीक्षण गर्न पुगे मुख्यमन्त्री भट्ट

news

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।

रोजगारीका लागि भारत गएकाहरुले स्वदेश फर्कंने क्रममा सीमानाकामा दुःख पाएको गुनासो गरेपछि मुख्यमन्त्री भट्टले निरीक्षण गरेका हुन् ।

हरेक वर्ष दसैं तिहार मनाउन घर फर्कने नेपालीलाई भारतीय पक्षले मात्रै होइन, सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले समेत दुःख दिने गरेका छन् ।

मुख्यमन्त्री भट्टले घर फर्किरहेका नेपालीसँग सिमामा हुने ज्यादतीका बारेमा कुराकानीसमेत गरेका थिए ।

नेपाल र भारतका सुरक्षा अधिकारीसँग सिमामा सहज आवागनका लागि कुरा भएकाले अब समस्या नहुने मुख्यमन्त्री भट्टले बताए ।

धनगढीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली दसैं मनाउने घर फर्किरहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया