बंगलादेशमा १९ जनालाई फाँसी

news

काठमाडौं, असोज २४ । बंगलादेशको एक अदालतले ग्रीनेड आक्रमणमा दोषी ठहर गर्दै १९ जनालाई फाँसीको सजाय सुनाइएको छ ।

सन् २००४ मा बंगलादेशको ढाकामा आयोजना गरिएको र्‍यालीमा ग्रीनेड आक्रमण गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अभियोग प्रमाणित भएपछि फाँसीको सजाय सुनाइएको हो ।

फाँसीको सजाय पाउनेहरुमा बंगलादेश नेसनल पार्टीका पूर्वमन्त्री तथा उपमन्त्रीहरु पनि छन् ।

सन् २००४ मा अवामी लिगको चुनावी र्‍यालीमा प्रधानमन्त्री शेख हसिना वाजेदले सम्बोधन गर्नेक्रममा ग्रीनेड आक्रमण हुँदा २४ जना मारिएका थिए । १०० भन्दा बढी घाइते भएका थिए । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया