रामवीरको राजीनामा घोषणाः काठमाडौं–७ का मतदाता आक्रोशित (भिडियो)

news

प्रतीक्षा खनाल/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असोज २४ । काठमाडौं क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामा गर्ने घोषणा गरेपछि त्यस क्षेत्रका वासिन्दा भने आक्रोशित बनेका छन् ।

विकास निर्माणमा जुट्नुको साटो कुनै अमुक नेतालाई उम्मेदवार बनाउन राजीनामा दिनु आफूहरुको मतको अपमान भएको उनीहरुको भनाइ छ ।

गत वर्ष मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले मंगलबार राजीनामा दिने घोषणा गरेका छन् ।

उनले राजीनामा दिने खबर पाएका यस क्षेत्रका मतदाता भने मानन्धरको घोषणाबाट आक्रोशित बनेका छन् ।

निर्वाचनका बेला गरेका वाचा पूरा गर्नुको साटो व्यक्तिगत स्वार्थका लागि राजीनामा गर्नु सही नभएको उनीहरुको धारणा छ ।

मानन्धरले आफूहरुको मतको अवमूल्यन र अपमान गरेको गुनासो पनि यस क्षेत्रका मतदाताको रहेको छ ।

आफूहरुले विश्वास गरेर जिताएको सांसदले राजीनामा दिनु दुःखद् भएको भन्दै उनीहरुले अबको चुनावमा धोका नदिने र सक्षम व्यक्तिको छनोट गर्न सजग रहने पनि बताएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया