बलात्कार अभियोगमा पक्राउ, बलात्कारपछि नगद र मोबाइलसमेत चोरी गरेको आरोप

news

मुसिकोट, असोज २६ । रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । 

मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए ।

पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ । निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया