रेडियोलोजिस्ट र आवश्यक केमिकल उपलब्ध नहुँदा एक्स–रे मेसिन प्रयोगविहीन

news

धनकुटा, कार्तिक ५ । एक्स–रे मेसिन उपलब्ध गराएको एक बर्ष बित्दासमेत धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित जितपुर स्वास्थ्य चौकीमा एक्स–रे सेवा उपलब्ध हुन सकेको छैन ।

एक्स–रे मेसिन उपलब्ध गराए पनि सञ्चालन गर्न सक्ने रेडियोलोजिस्ट र आवश्यक केमिकल उपलब्ध नगराउँदा स्वास्थ्य चौकीले सेवा दिन नसकेको हो । स्वास्थ्य चौकीले बिरामीको सेवालाई मध्यनजर गर्दै एक्स–रे मेसिनको माग गरेपछि स्वास्थ्य विभागले २०७४ सालको सुरुमैै उपलब्ध गराएको थियो ।

मेसिन एक बर्ष अघि नै आए पनि जडान भने तीन महिनाअघि मात्र गरिएको थियो । आफुहरुले मेसिन सञ्चालन गर्न सक्ने रेडियोलोजिस्टको पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको स्वास्थ्य चौकीका अहेव तथा महालक्ष्मी नगरपालिकाका स्वास्थ्य संयोजक दण्ड पोख्रेलले बताए ।

एक्स–रे सेवा अभावका कारण सो क्षेत्रमा बासिन्दा धनकुटा सदरमुकाम लगायतका स्थानमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया