सेनाद्वारा जेष्ठ नागरिकको पालनपोषण र स्याहार–सुसारबारे तालिम

news

काठमाडौं । नेपालमा पहिलो पटक जेष्ठ नागरिकको पालनपोषण र स्याहार–सुसार सम्बन्धमा तालिम सञ्चालन गरिएको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आज काठमाडौंमा जेष्ठ नागरिकको पालनपोषण र स्याहार सुसार सम्बन्धी चार दिने तालिम सञ्चालन गरेको हो ।

उमेर बढ्दै जांदा जेष्ठ नागरिकको स्वास्थ्यमा विभिन्न समस्या देखिने हुनाले उनीहरुको हेरचाह सम्बन्धमा तालिम आवश्यक भएकोमा सहभागीहरुको जोड थियो । 

चिकित्साशास्त्र महाविद्यालयकी प्राध्यापक डाक्टर लोचना श्रेष्ठले बालबालिकाजस्तै जेष्ठ नागरिकको हेरचाह आवश्यक रहेकाले उनीहरुका लागि सुविधा सम्पन्न विद्यालयको आवश्यकता औंल्याए ।

तालिममा भारत, श्रीलंका, माल्दिभ्ससहित नेपालका विशेषज्ञहरुले प्रशिक्षण दिनेछन् ।

जेष्ठ नागरिकले भोग्नु परेको समस्या,उनीहरुसंग गर्नु पर्ने व्यवहार र स्याहार सुसारको विभिन्न तरिकाबारे समेत जानकारी गराइने बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...