अध्यक्ष दाहालसित अमेरिकी राजदूतको शिष्टाचार भेट

news

काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति–प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

‘जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालको प्राथमिक कार्यसूची रहेको छ’–उनले भने ।

अध्यक्ष दाहालले भर्खरैमात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने–‘तपाइँको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’

उनले नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि बताए ।

उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत् नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...