नेविसंघको महाधिवेशन पुस २८ देखि गर्ने घोषणा

news

काठमाडौं, मंसिर ११ । नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म गर्ने घोषणा गरिएको छ ।

नेविसंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

त्यस्तै, यही मंसिर २२ गते माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, सीटीइभीटी र क्याम्पसहरुमा अधिवेशन गरिसक्ने पनि जनाइएको छ ।

यसैगरी, मंसिर २५ गतेभित्र स्थानीय गाउँ/नगर अधिवेशन सभा, पुस ८ गतेभित्र उपत्यकाभित्रका क्याम्पस, विद्यालयहरुको अधिवेशन, पुस १४ गतेभित्र ७७ ओटै जिल्लाको अधिवेशन सभा, पुस २० गतेभित्र प्रदेशको अधिवेशन र पुस २८, २९ र ३० गते नेपाल विद्यार्थी संघको १२औं अधिवेशन गरिसक्ने नेविसंघले जनाएको हो ।

तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समितिहरु स्वतः भंग हुने र महाधिवेशनमा भाग लिन नपाउने पनि नेविसंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले आमनागरिकको लोकतान्त्रिक हक कुन्ठित भइरहेको भन्दै त्यसविरुद्ध सशक्त आवाज उठाउने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...