हेटौंडा अस्पतालमा बिरामीको बेडसम्मै पाइपलाइनबाट अक्सिजन

news

हेटौंडा, मंसिर १२ । मकवानपुरको हेटौंडा अस्पतालमा बिरामीको बेडसम्मै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ । २०६७ सालमै अस्पतालमा सेन्ट्रल सक्सन सिस्टम र सेन्ट्रल अक्सिजन सिस्टम निर्माण गरिएको भए पनि ८ वर्षपछि मात्र यसलाई सञ्चालनमा ल्याइएको हो ।

८ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको यो सिस्टम मर्मत गर्न ८० हजार र पाइपलाइन तथा फ्लोमिटर मर्मत गर्न २८ हजार गरी जम्मा १ लाख ८ हजार रुपैयाँ खर्च भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविन श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अस्पतालको आकस्मिक कक्ष अगाडि अक्सिजन अलार्म बक्स पनि राखिएको छ । अक्सिजनको प्रेसर कम हुनेबित्तिकै यो बक्समा अलार्म बज्ने जनाइएको छ ।

मकवानपुरको यो एकमात्र सरकारी अस्पताल हो । यो अस्पतालमा मकवानपुरसहित आसपासका जिल्लाबाट समेत उपचार गराउन बिरामीहरु आउने गर्दछन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...