नेकपा सचिवालय बैठक आज

news

फाइल तस्वीर

काठमाडौं, मंसिर १२ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल सुरु हुने नेताहरुले बताएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको ६ महिना बितिसम्दा पनि पार्टीका केन्द्रीय सदस्यहरु भने जिम्मवारविहीन बनेका छन् । त्यसको असर पार्टीका प्रदेश र जिल्ला तहसम्म देखिएको छ ।

पार्टीले गर्ने सबै निर्णय सचिवालय बैठकबाट मात्र हुने गरेको भन्दै पछिल्लो समय तल्लो तहका नेता कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । आज बस्ने सचिवालय बैठकमा छलफलपछि नेतृत्वले केन्द्रीय सदस्यहरुका असन्तुष्टि सम्बोधन गर्ने तयारी भएको बताइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...