नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

news
विजयकुमार महतो/रासस ।

वीरगन्ज, मंसिर १३ । जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेस गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् ।

साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुटो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

अनुसन्धानकाक्रममा सर्राफको नेपाल, भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

२०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिसमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौकाछोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने वीरगन्जवासीको माग रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...