नेपाल निकै मनपर्छ : सुची

news

काठमाडौं, मंसिर १३ । म्यानमारको राज्य परिषदकी सल्लाहकार तथा विदेशमन्त्री आङसाङ सुचीले दीगो विकासको लक्ष्य पूरा गर्न र आर्थिक विकास गर्न नेपालसँगको सम्बन्ध महत्वपूर्ण रहेको बताएकी छन् ।

बिहीबारदेखि राजधानीमा सुरु भएको नेपाल चेम्बर एक्सपोको उद्घाटन गर्दै सुचीले दीगो विकासका लागि आफूहरुले शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताइन् ।

एक्सपोको म्यानमार साझेदार राष्ट्र रहेको छ ।

आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गर्नसमेत यस एक्सपो महत्वपूर्ण रहेको उनले बताइन् ।

आफूलाई नेपाल निकै मनपर्ने भन्दै सुचीले नेपालको भौगोलिक बनोट र सांस्कृतिक पक्ष उत्कृष्ट रहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालले स्थायी सरकार पाएको र आफूहरु मुलुकको आर्थिक विकासमा केन्द्रित रहेको बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले एक्सपोले नेपालमा भएका स्थानीय सामग्रीहरुको प्रवर्धनमा सहयोग गर्ने र दुई देशबीचको सम्बन्ध बढाउने विश्वास व्यक्त गरे ।

एक्सपोमा नेपालसहित भारत, बंगलादेश, जापान कोरिया, मलेसियाका स्टलहरु राखिएका छन् । यहाँ म्यानमारकामात्र २० ओटा र चीनका १५ ओटा स्टलहरु राखिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...