दाङमा एक व्यवसायीको हत्या

news

दाङ, मंसिर १४ । घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ ।

घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्यामा संलग्न भएको आशङ्कामा साँझ नै प्रहरीले एकजनालाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए ।

हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...