नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान

news

काठमाडौं, मंसिर १४ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१औं विश्व एड्स दिवस शनिबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा हाल ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान गरेको छ । जसमा १९ हजार २० जना पुरुष र १२ हजार  महिला रहेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले सन् २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधि, उपचारमा पहुँच हुने र औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य लिइएको बताए ।

पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभीको संक्रमणदर उच्च रहने चिकित्सकहरुले बताएका छन् ।

शनिबार देशका विभिन्न ठाउँमा हुने एचआइभी परीक्षणका लागि दुई लाख ८० हजार आवश्यक सामग्री पठाइसकेको केन्द्रले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...