‘क्षयरोगका बिरामीले औषधि पाएनन्’

news

काठमाडौं, मंसिर २३ । सार्क स्थापना तथा विश्व एड्स दिवसका सन्दर्भमा संघीय संसदका सांसदलगायतका सरोकारवालाहरुसँग सार्क क्षयरोग तथा एचआइभी एड्स सेन्टर भक्तपुरले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग तथा एचआइभी एड्स निवारणमा नीति–नियम बनाउन र आर्थिक सहयोग जुटाउन आफ्नो विशेष पहल हुने बताइन् ।

उनले क्षयरोग र एचआइभी एड्स रोग निवारणका लागि नीति निर्माण र आवश्यक रकम जुटाउन पहल गर्ने आश्वासन दिइन् ।

कार्यक्रममा सेन्टरका निर्देशक डा. राजेन्द्र पन्तले विश्वमा सन् २०१७ मा एड्सका कारण ७ करोड र क्षयरोगका कारण एक करोड चार लाख मानिसको मृत्यु भएको र यो संख्या सार्क मुलुकहरुमा क्रमशः २३ लाख र ३८ लाख रहेको जानकारी दिए ।

कार्यक्रमा राष्ट्रिय क्षयरोग कार्यक्रमका निर्देशक डा. भीमसिंह तिनकारीले नगरपालिकामा स्वास्थ्यका कर्मचारी नहुँदा बिरामीले क्षयरोगको औषधि नपाएको बताए ।

सरकारले क्षयरोगको औषधि जिल्ला जनस्वास्थ्य कार्यालयबाट निःशुल्करुपमा दिँदै आएको थियो । तर, हाल त्यो अधिकार नगरपालिकामा सरेका कारण औषधि व्यवस्थापन हुन सकेको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...