दाङमा माछापालन व्यवसाय फस्टाउँदै

news

दाङ, मंसिर २७ । दाङका किसान माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । अन्य खेतीभन्दा माछापालनबाट कम मेहनतमा बढी आम्दानी हुने भएपछि किसानहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा माछा उत्पादन राम्रो हुन थालेपछि हौसिएका किसानलाई आधुनिक तरिकाले व्यावसायिक माछापालन गर्न विश्व बैंकको प्याक्टो कार्यक्रमले सहयोग गर्न थालेको छ ।

सोनपुरको एउटा समूहलाई प्याक्टो कार्यक्रमले अनुदान सहयोग दिएको छ । यो समूहले १० वटाभन्दा बढी पोखरीमा माछापालन सुरु गरेको छ । 

दाङमा वार्षिक २० बिगाहा क्षेत्रफलमा माछापालन विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए । माछापालन व्यवसाय बढेपछि माछाका भुरा हुर्काउने नर्सरी पनि जिल्लामै स्थापना गरिएको छ ।

कृषि विकास कार्यालयले दाङ जिल्लाको सोनपुर, डुरुवा, टरीगाउँ, नारायणपुर, सौडियार लगायतका क्षेत्रमा माछापालन हुने गरेको जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...